खुकुरी प्रहार गरेर छोरीको हत्या, आमा घाइते
सुनसरी | भदौ ११, २०८१
सुनसरी: सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा धरान २ का ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीय छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा सिर्जना घाइते भएको उपरीक्षक भण्डारीले बताउनुभयो ।
खुकुरी प्रहारबाट आमाछोरी घाइते भएकामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

